डेउडा र छलियाले ततायो राजधानीको क्याम्पस,जोशीको अध्यक्षतामा विद्यार्थी समाजको नयाँ कार्यसमिति गठन
काठमाडौं स्थित नेशनल कलेज अफ इन्जिनियरिङमा सुदूरपश्चिमेली कला, संस्कृति र संगीतको भव्य झलक देखिएको छ। कलेजको सुदूरपश्चिम विद्यार्थी समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारहरूले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्।
कार्यक्रममा बरिष्ठ डेउडा गायक नन्द कृष्ण जोशी, लोक गायक जनक महरा, भरत भट्ट, कल्पना मल्ल लगायतका कलाकारहरूले डेउडा गीत र छलिया प्रस्तुत गर्दै क्याम्पसलाई सांगीतिक माहोलमा परिणत गरेका थिए। कलाकारहरूको दमदार प्रस्तुतीसँगै विद्यार्थीहरू नाच्दै, गाइरहेका र सुदूरपश्चिमेली संस्कृतिमा रमाइरहेका देखिन्थे।
कार्यक्रम केवल मनोरञ्जनमा सीमित रहेन, यसै अवसरमा सुदूरपश्चिम विद्यार्थी समाजको नयाँ कार्यसमिति पनि गठन गरिएको छ। ज्ञान देव जोशीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो। समितिको सचिवमा रिसभ जोसी तथा कोषाध्यक्षमा अन्जना खत्री रहेका छन् ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले सुदूरपश्चिमको कला, संस्कृति र पहिचानलाई राजधानीमा प्रवर्द्धन गर्नुका साथै विद्यार्थीहरूबीच आपसी सद्भाव र एकताको भावना बढाउने विश्वास लिइएको छ।
सांस्कृतिक उत्साह, कलाकारको शानदार प्रस्तुति र संगठनात्मक गतिविधिको संगम बनेको यस कार्यक्रमले सहभागी सबैको मन जित्न सफल भएको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया