लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा भारतद्वारा हस्ताक्षर
एजेन्सी । भारतले स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका लागि ७ अर्ब डलरको अर्डरमा बिहीबार हस्ताक्षर गरेको छ।
विश्वको सबै भन्दा ठूलो हतियार आयातकर्ता मध्ये एक राष्ट्र भारतले आफ्नो सेनाको आधुनिकीकरणलाई उच्च प्राथमिकता दिएको हो । साथै घरेलु उत्पादनलाई बढावा दिन बारम्बार प्रयास समेत भारतले गरिरहेको छ। तेजस लडाकुहरूको लागि गरिएको माग एक पटकमा भारतले गरेको लडाकू विमान जेट हरूको सङ्ख्याको हिसाबले सबै भन्दा ठूलो हो।
पहिलो भारतीय जेट तेजस (प्रतिभा) सन् २०१६ मा वायु सेनामा प्रयोगमा ल्याइएको थियो । लडाकुको उन्नत संस्करण, एमके–१ ए को लागि पछिल्लो माग भएको हो । भारतको रक्षा मन्त्रालयले हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) सँग ९८ लडाकु र २९ ट्विन सिटरसहित ९७ लाइट कम्ब्याट एयरक्राफ्ट (एलसीए) एमके १ ए खरिद गर्न सम्झौता गरेको जनाएको छ ।
एचएएल एक सरकारी रक्षा कम्पनी हो र यसमा १ सय भन्दा बढी भारतीय कम्पनीहरू निर्माण प्रक्रियामा संलग्न रहेका छन् । विमानमा ‘६४ प्रतिशतभन्दा बढी स्वदेशी सामग्री’ प्रयोग गरिएको जनाइएको छ। मन्त्रालयले यी विमानहरूको आपूर्ति सन् २०२७-०२८ सम्ममा शुरू हुने र ६ वर्षको अवधिमा पूरा हुने जनाएकाे हाे ।
नयाँ दिल्लीले विशेष गरी छिमेकी पाकिस्तान लगायत विभिन्न मुलुकबाट खतराको सामना गरिरहेकाे छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया