एजेन्सी । जापानको राजधानी शहर टोकियोमा महँगी बढेको छ । आन्तरिक मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मूल उपभोक्ता मूल्य सूचकाङ्क गएको अगस्ट महिनामा अघिल्लो वर्षको त्यहि महिनाको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२० लाई आधार वर्ष मानेर बनाइएको सूचकाङ्क १०० मा रहँदा यस पटकको सूचकाङ्क ११० पुगेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । टोकियोमा खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ । ताजा वस्तुहरूबाहेक प्रशोधित खाद्य वस्तुको मूल्य ६.९ प्रतिशतले बढेको छ ।
मुख्यगरी चामलको मूल्य ४६.८ प्रतिशत, चकलेटको ५३.८ प्रतिशत र कफीको दानाको मूल्य ४७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । टोकियो महानगरपालिकाले चालू सेप्टेम्बर १७ तारिखदेखि बालबालिका स्याहार शुल्क मिनाहा गर्ने कार्यक्रम विस्तार गरेपछि बाल स्याहार सेवाको शुल्कमा ६०.४ प्रतिशतको कमी आएको छ ।
टोकियोको मूल्य सूचकाङ्कलाई जापानभरको महँगीको प्रवृत्ति देखाउने प्रमुख सङ्केतका रूपमा लिइन्छ । तर सम्पूर्ण जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क अर्को महिना अक्टोबर २४ मा सार्वजनिक हुनेछ ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया