ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु
नयाँदिल्ली। पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोहीहरू मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् ।
ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादी विच मुठभेड भएको जनाइएको छ ।
ओडिसाका प्रहरी प्रमुख योगेशबहादुर खुरानियाले मिडियालाई बताए अनुसार बुधबार कान्धमालमा ठुलो मात्रामा गोलाबारुद बरामद गरिएको थियो भने । बिहीबार कान्धमाल–गन्जाम सीमामा गरिएको फलो–अप अपरेसनमा धेरै स्थानमा गोली हानाहानमा थप चार जना नक्सलवादीहरुको मृत्यु भएको छ ।
खुरानियाले मारिएका मध्ये एक जना नक्सलवादी ओडिसाका कमान्डका प्रमुख र केन्द्रीय समितिका सदस्य गणेश उइकेका रूपमा पहिचान गरिएको बताए । जो धेरै ठूला–ठुला आक्रमणहरूमा संलग्न थिए ।
प्रहरीका अनुसार यस क्षेत्रमा नक्सालवादीहरूको बारेमा प्राप्त विशेष गुप्तचर सूचनाको आधारमा प्रहरीले संयुक्त खोजी अभियान चलाए पछि गोली हानाहान सुरु भएको थियो ।
गतिरोधका क्रममा प्रहरीलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।भारतका गृहमन्त्री अमित शाहले उक्त अभियानलाई ‘ठुलो सफलता’ को रूपमा प्रशंसा गरेका छन् । भारत सरकारले ३१ मार्च २०२६ सम्ममा नक्सलवाद उन्मूलन गर्ने संकल्प गरेको छ भने मध्य र पूर्वी भारतमा सक्रिय विद्रोहले सयौँको ज्यान लिएको लिनुका साथै हजारौँ विस्थापित भएका छन् ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया