अमेरिका जान अब धरौटी राख्नुपर्ने, तीन विमानस्थलबाट मात्र प्रवेश
काठमाडौं । अब नेपाली नागरिकले अमेरिकाको भिजिट (B2) र बिजनेस (B1) भिसा प्राप्त गर्न धरौटी रकम बुझाउनुपर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो व्यवस्था आउँदो माघ ७ गते (जनवरी २१) देखि लागू हुनेछ। नयाँ नियमअनुसार यी भिसामा अमेरिका जाने व्यक्तिले बढीमा ६ महिनासम्म मात्र बस्न पाउनेछन्।
भिसा अन्तर्वार्ताका क्रममा अमेरिकी दूतावासका अधिकारीले आवेदकको अवस्थाअनुसार ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर (करिब ७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार रुपैयाँ) धरौटी माग गर्न सक्नेछन्। धरौटी रकम बुझाउँदा अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (ICE) को तोकिएको फाराम भर्नुपर्नेछ।
धरौटी रकम आवेदक स्वयंले मात्र बुझाउनुपर्नेछ। तेस्रो पक्ष वा अन्य वेबसाइटमार्फत भुक्तानी गर्न नपाइने स्पष्ट गरिएको छ।
यदि कुनै व्यक्तिले भिसाले तोकेको समयभन्दा बढी अमेरिका बस्यो भने धरौटी रकमबाट कटौती गरिनेछ। तर, निर्धारित समयमै अमेरिका छाडेमा धरौटी रकम फिर्ता हुने व्यवस्था गरिएको छ।
नयाँ नियमअनुसार, यस्ता भिसा पाएका नेपाली नागरिकले अब तोकिएका तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र अमेरिका प्रवेश र बाहिरिन पाउनेछन्।
तोकिएका विमानस्थलहरूमा
बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल (बोस्टन)
जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल (न्यूयोर्क)
डुलिस अन्तर्राष्ट्रिय विमानस्थल (वासिङ्टन डी.सी.) रहेका छन्।
अन्य विमानस्थल प्रयोग गरेर यात्रा गरेमा सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिन सकिने चेतावनी पनि अमेरिकाले दिएको छ।
अमेरिका प्रवेश गर्दा नै यात्रुको फर्कने मिति रेकर्ड गरिनेछ। साथै, भिसा पाए पनि यात्रा नगरेको अवस्थामा, वा भिसाका लागि आवेदन दिएर विमानस्थलबाट फर्काइएको अवस्थामा पनि धरौटी रकम फिर्ता हुने बताइएको छ।
तर धरौटी बुझाउँदैमा भिसा प्राप्त हुने ग्यारेन्टी भने नहुने स्पष्ट गरिएको छ। अमेरिकी काउन्सिलर अफिसरको निर्देशनबिना बुझाइएको धरौटी रकम फिर्ता नहुने चेतावनी पनि दिइएको छ।
त्यस्तै, बिजनेस वा भिजिट भिसामा अमेरिका गएर अन्य भिसामा रूपान्तरण गर्न खोजेमा वा शरणार्थी आवेदन दिएमा धरौटी रकम जफत हुने अमेरिकी पक्षले जनाएको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया