बलिउड अभिनेता धर्मेन्द्रको निधन,फिल्म उद्योगलाई ठूलो धक्का
एजेन्सी । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको समाचार लेखेका छन् ।
स्वास्थ्य बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । देओल परिवार निकट स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई निधनपछि विदेशबाट मुम्बई बोलाइएको छ ।
सोमबार राती सनी देओल अस्पताल बाहिर धेरै भावुक देखिएका । बबी देओल पनि ‘अल्फा’ को छायांकन छोडेर आफ्नो बुबालाई भेट्न मुम्बई फर्किएका थिए ।
सोमबार राति अबेर शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू ब्रीच क्यान्डी अस्पताल पुगेका थिए ।
यी दिग्गज बलिउड स्टारको निधनको खबरसँगै बलिउड मात्र नभई सम्पूर्ण भारतीय फिल्म उद्योगलाई ठूलो धक्का लागेको छ ।
नोभेम्बर १० भन्दा पहिले पनि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई त्यतिबेला आईसीयूमा राखिएको थियो । स्वास्थ्यमा सुधार आएपछि केही घण्टामै उनलाई डिस्चार्ज गरियो ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया