Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठविदेशबंगलादेशकी तत्कालीन प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

बंगलादेशकी तत्कालीन प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय


एजेन्सी। बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण आईसीटीले साेमबार गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाएको हाे। न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको ३ सदस्यीय इजलासले उक्त मुद्दामा फैसला सुनाएको हो।

साेही मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकलाई विपक्षी बनाइएको थियो। अदालतले तीनै जनालाई कसुरदार मानेको छ।



तपाईको प्रतिक्रिया