काठमाडौं,१३ मंसिर
सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गरेको छ।
सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगेको हाे।
प्लेअफ पुग्ने क्रममा सुदूरपश्चिमले आज साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हरायो ।
सुदूरपश्चिमको जितमा विनोद भण्डारी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ र बलिङ अविनाश बोहरा चम्किए।
जितको लागि १ सय ४६ रनको चुनौती पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्याे।
१ रन जोड्दा २ विकेट गुमाएपछि धर्मराएकाे सुदूरपश्चिमलाई विनाेद र ईशानले सम्हाले ।यी दुबै ब्याटरबीच ९२ रनकाे साझेदारी भयाे।
ईशान ५६ तथा विनोद ४२ रनमा आउट भए।
बलिङमा जनकपुरका सदाकतले २ तथा सञ्जय र आदित्यले समान १ विकेट लिए।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन बनायाे।
जसमा सञ्जय कृष्णमुर्तिले सर्वाधिक ५०,जान निकलो लोफ्टी ईटनले ३९ रनकाे याेगदान गरे।
बलिङमा सुदूरपश्चिमका अभिनाश बाेहराले ४, स्कट कुगेलेइन ३ विकेट झारे।
सुदूरपश्चिम लगातार ५ जितसहित १० अंक बनाएको छ।
जनकपुरको यो लगातार चौथो हार हो। अंकको खाता खोल्न नसकेको जनकपुर पुछारमा छ। अब उसकाे प्ले अफकाे संभावना गणितीय आधारमा मात्र बाँकी रहेको छ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया