काठमाडौं,१६मंसिर: राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आज दुई खेल राखिएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बाेल्ट्स र चितवन राइनाेज भिड्दा अपरान्ह ४ बजे हुने दाेस्राे खेलमा पाेखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
लगातार चार खेल हारेर पुछारमा रहेकाे जनकपुरले याे खेल जितेर गणितीय हिसाबले भएपनि प्लेअफकाे दाैडमा कायम रहन चाहन्छ।
चार खेलबाट दुई खेल जितेकाे चितवन भने याे खेल जितेर प्लेअफकाे सम्भावना बलियाे बनाउन चाहन्छ।
अपरान्ह ४ बजे हुने दाेस्राे खेलमा पाेखरा र कर्णालीबीच भिडन्त हुनेछ।
दुबै टाेलीका लागि याे खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ।
चार खेलमा एक खेलमात्रै जितेकाे पाेखरालाई याे खेल जिते प्लेअफकाे यात्रामा पुग्न सहज हुनेछ ।
कर्णालीका लागि भने याे खेल गर या मरकाे अवस्थामा छ।
मंसिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन्। अपराजित सुदूरपश्चिम राेयल्स मात्रै १० अंक जाेडेर प्लेअफ पुग्ने पहिलाे टाेली बनेको छ।
ताजा अपडेट
- जापान सरकारद्वारा नाबालिगहरूको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान
- दिल्ली होटल आगलागी : २१ को मृत्यु
- कुरुवाघर सञ्चालनपछि प्रसूति र कुरुवा लाभान्वित
- एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू
- तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
- एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू
- टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै
- युक्रेनमा भीषण आक्रमण
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया