इन्डोनेसियामा भीषण बाढी, पहिरो: ७ सय बढीको मृत्यु
एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या सात सय ५० जना भन्दा धेरै पुगेको छ । अझै पाँच सय जना भन्दा धेरै बेपत्ता रहेको समाचार संस्था एपीले जनाएको छ ।
ठूलो वर्षा र चक्रवातले इन्डोनेसिया, श्रीलंका र दक्षिणी थाइल्याण्डलगायत एशियाका केही भागहरूमा ठूलो क्षति पुर्याएको छ । यी देशहरुमा अहिलेसम्म एक हजार दुई सय भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।
भौतिक पूर्वाधार ध्वस्त भएका छन् भने शहरहरू डुबेका छन् । इन्डोनेसियामा बाढीका कारण झन्डै ३० लाख मानिस प्रभावित भएको खबरमा उल्लेख छ । धेरै जसो मानिसहरु सञ्चार र विजुलीबाट बञ्चित भएका छन् ।
उच्च जोखिम भएका क्षेत्रहरूबाट १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । विश्व स्वास्थ्य संगठनले ती क्षेत्रहरुमा स्वास्थ्य सामग्री पुर्याएको छ । धेरैजसो ठाउँमा अझै पनि पहिरोको चेतावनी दिइएको छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया