प्रहरीकाे २६ कराेडकाे उपकरण र साढे ४ सय बढी सवारी साधन नष्ट
काठमाडाैं । जेनजी युवा पुस्ताकाे आन्दोलनका क्रममा आफना ३ जना जवान गुमाएको नेपाल प्रहरीको भौतिक संरचनामा पनि उतिकै क्षति भएको छ ।
जवानको लत्ता-कपडादेखि हतियारसम्म लुटिने र जलाउने भएपछि प्रहरीको दैनिक कामनै प्रभावित भइरहेको हाे । देशैभरी करिब २ सय कार्यालय पूर्णरुपमा क्षति व्यहोरोको नेपाल प्रहरीलाई आगामी निर्वाचनका लागि स्रोत साधनसहित सरकारले कसरी तयार पार्छ भन्ने अन्यौलता कायमै छ । प्रहरीले भने आफूलाई लयमा फर्काउने प्रयास गरिरहेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी युवाकाे आन्दोलनले नेपाल प्रहरीको भौतिक मात्रै होइन मनोबल पनि उत्तिकै कमजोर बनाएको छ । आगो लगाइएका केही प्रहरी कार्यालय स्थानीयले नै पुर्ननिर्माण गरिदिएका छन् । भदाै २४ गते भएको आन्दोलनका क्रममा नेपाल प्रहरीले भौतिक र स्रोत साधनमा समेत प्रहरीले ठूलो क्षति व्यहोरोको छ । प्रहरी प्रधान कार्यालयले आफ्नो क्षति विवरण संकलन गरिरहेको छ । देशैभरी भएको आन्दोलनका क्रममा १ सय ९७ भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । जसमा सबै भन्दा बढी काठमाडौं उपत्यकाभित्र मात्रै १ सय ५ वटा प्रहरी भवन काम नलाग्ने गरी ध्वस्त भएका छन् ।
त्यस्तै, मधेश प्रदेशका ३० र कोशी प्रदेशमा २७ वटा प्रहरीका भवनहरु क्षतिग्रस्त भएका हुन् । देशैभरी आएको आन्दोलनमा नेपाल प्रहरीको ४ सय ७० सवारी साधनमा पूर्ण रुपमा क्षति पुगेको तथ्यांक छ । प्रहरीको ४५ वटा हेभि सवारी साधन जलेर नष्ट हुनुका साथै १ सय ७७ वटा लाइट सवारी साधन समेत जलेका छन् । प्रहरीले बोक्ने सुरक्षा साधनमा पनि ठूलो क्षति भएको प्रहरीको तथ्यांक छ । एक्सरे मेसिन, मेटल डिक्टेटर र सिसिक्यामेरासहितका स्रोत साधान मात्रै २६ करोड १ लाख रुपैंयाको नष्ट भएको प्रहरीले जनाएको हाे ।
प्रहरीको लामो र छोटो दुरीमा प्रहार गर्ने १२ सय ७६ वटा हतियार लुटिएको अथवा आगजनीमा जलेका छन् । त्यसमा कति लुटियो कति जलेर नष्ट भयो भन्ने एकिन भइसकेको छैन । ९८ हजार ४ सय ७१ राउण्ड गोली १३ सय १५ राउण्ड रबर बुलेट, २ हजार २ सय २० ब्ल्याङ राउण्डर ३२ सय २३ अश्रुग्याँस सेल लुटपाट तथा आगजनी भएको छ । यसको विस्तृत विवरण आउन अझै बाँकी छ । प्रहरीबाट लुटिएका मध्य १ सय ७५ थान हतियार भने बरामद भइसकेको छ ।
प्रहरीले लुटिएका र जलेको हतियार कति भन्ने एकिन गरिसकेको छैन । प्रहरीबाट लुटिएका हतियार नै अबको सुरक्षा चुनौती हुन सक्ने आकंलन गरिसकेको छ । गृह मन्त्रालयले पनि प्रहरीबाट लुटिएका हतियार तथा साधनहरुले यहि असोज महिनाभित्र फिर्ता गर्न भनिसकेको छ । सुरक्षा निकायबाट लुटिएको हतियार फिर्ता नगर्ने विरुद्ध विषेश अप्रेशन चलाउने गृह मन्त्रालयको तयारी छ ।उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले हतियार बुझाउनेका लागि खवसर हुने र अटेर गर्नेका विरुद्ध विशेष कारबाही गरिने बताउनुभयाे ।
अहिले प्रहरी जलेका भवन छाडेर अन्य स्थानबाट आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । विषेश गरेर चाड पर्वको समयमा आपराधिक समूहले फाइदा उठाउन सक्ने भन्दै हेडक्वाटरले आन्दोलनमा खटिएका भन्दा बाहिरका प्रहरीलाई परिचालन गरिरहेको छ । कतिपय आगो लगाइएका भवनहरु स्थानीयहरुको सहयोगमा बनिरहेको छ भने मर्मत गरेर पनि संचालनमा ल्याइएको हाे । सवारी साधान तथा अन्य उपकरणको पनि तयारी भइरहेको हाे ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख कार्कीले स्थानीयवासीन्दाले पनि आफ्नाे नजिक प्रहरी आवश्यक परेकाे भन्दै कार्यालय निर्माणमा ठूलाे सहयाेग गरेकाे समेत बताउनुभयाे । स्थानीयवासीन्दालाई आफ्नाे टाेलमा आएका व्यक्तिहरुमाथि निगरानीमा राख्न समेत उहाँले आग्रह गर्नुभएकाे छ। प्रहरी बाहेक विभिन्न सरकारी कार्यालयहरु ३ सय ३० वटा पूर्णरुपमा क्षति पुगेको अहिले सम्मको तथ्यांक छ । निजी व्यवसाय र घरहरु ९७ पूर्ण रुपमा क्षति भएको हाे । सबै गरेर ६ सय ४९ वटा भवनहरु पूर्ण रुपमा क्षति भएको तथ्यांक प्रहरीसँग रहेकाे छ ।
जेनजी आन्दोलनका क्रममा भएको क्षतीको पूर्ण विवरण ल्याउन भने सरकारले अझै गृहकार्य गर्नुपर्ने देखिन्छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया