राजनीतिक दलले जनताकोबीचमा गएर सुझाव लिन ढिलाई गर्नुहुँदैन:पूर्वराष्ट्रपति भण्डारी
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भूमिका गर्नुपर्नेमा जाेड दिनुभएकाे छ ।
काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले मुलुक संकटमा यस्तो अवस्थामा सधैं रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्नेमा जाेड दिनुभयाे । मुलुकलाई निकास दिन राजनीतिक दलहरुलाई सुझाव दिन पनि समाजका सबै तहलाई समेत उहाँले आग्रह गर्नुभएकाे छ।
राजनीतिक दलहरुले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाई गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष थियो । उहाँले भन्नुभयो,-‘सधै यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नु पर्छ । र हाम्रो शक्तिका स्रोत भनेको जनताहरु हुन । मेरो राजनीतिक दलहरुलाई के सुझाव छ भने–उहाँहरुले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार अनुसार कार्यक्रम गर्नु भएको छ कि छैन ? के सुझाव दिन्छन जनसमूदायले । त्यसका लागि जनताको बीचमा जानुपर्छ जस्तो लाग्छ मलाई । र, पार्टीहरुको बीचमा पनि समन्वय र सहकार्य गर्नु आवश्यक छ भन्ने मलाई लागेको छ । पार्टीहरु र विभिन्न सबै आस्थाका धरोहरकोबीचमा छलफल, समन्वय भएर नै हामीले यो समस्यालाई समाधान दिन सक्छौं । र, हामी जस्तो खालको बसाईमा छौं । हाम्रो बसाई, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरुलाई पनि पीर पर्न सक्छ । त्यहाँ पनि समस्याहरु आउन सक्छ । त्यसैले हामीले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ । र, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । हामी सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेलौं । मैले पनि एउटा वरिष्ठ नागरिकको हैसियतले, सबैले चिनेको नागरिकको हैसियतले मैले गर्ने कुरा गर्छु । र दलहरुले बढि भुमिका खेल्नुपर्ने म ठान्छु । र, दलहरुलाई सबैले सुझाव पनि दिनुपर्छ । तर अब दलका नेताहरुले पनि बाहिर चाँही धेरै बोल्ने, आफ्नो पार्टी भित्र केही पनि गर्न नसक्ने यो तरिकाको चाहीँ मेरो आज सार्वजनिक रुपमा नै आलोचना छ । त्यसैले तपाईहरुले सबैको कुरा सुन्नुपर्छ । र त्यो कुराहरुको आधारमा हामीले हाम्रो पार्टीको मर्म र भावना अनुसार काम गर्न सकेको छ कि छैन ? यो कुरा बुझ्नुपर्छ । र, नयाँ पुस्ता कसरी आईराखेका छन ? नयाँ पुस्ताको मनोभावना के छ ? उनीहरुको माग के छन ? त्यसलाई राज्यले कसरी सम्बोधन गर्न सक्छ ? त्यस कुरामा हामी जानुपर्छ भन्ने मलाई लाग्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो ।
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया