Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारदेशभर चिसो बढ्यो

देशभर चिसो बढ्यो


काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । मध्य मंसिर अर्थात् हिँउदलागेयता चिसो बढ्नेक्रम शुरू भएको हो ।

आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा पौने नौ बजे ५ दशमलव ३ डिग्री सेल्सियस रहेको थियो ।

आज बागमतीसहित कोशी र गण्डकी प्रदेशमा मौसम आंशिक बदलीको सम्भावना छ । देशका अरु ठाउँको मौसम मुख्यतया सफा नै रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।



तपाईको प्रतिक्रिया