राजदूत हाजिर गराउने सरकारको निर्णयप्रति बार एसोसिएसनको आपत्ति
काठमाडाैं । नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको आदेशको उल्लङ्घन गर्दै सरकारले फिर्ता बोलाइएका राजदूतहरूलाई हाजिर हुन निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै एसोसिएशनले अदालतको आदेश कार्यान्वयन गर्नु सबैको संवैधानिक दायित्व भएकाले त्यसको अवज्ञा गम्भीर विषय भएको जनाएको हो ।
अदालतको आदेश वा फैसला अस्वीकृत गर्ने, पालन नगर्ने, वा त्यसको अवज्ञा गर्ने कार्यले स्वतन्त्र न्यायपालिकाको मर्यादा, संवैधानिक शासन र कानुनी राज्यको आधारशिलालाई कमजोर पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संविधानको धारा १२८ को उपधारा (४) अनुसार सर्वोच्च अदालतले जारी गरेको आदेश, परामर्श वा निर्देशन सबै राज्यका निकायका लागि बाध्यकारी हुने भन्दै सरकारलाई अदालतको आदेशको सम्मान गर्न बारले आग्रह गरेको छ । अदालतको फैसला वा आदेशउपर स्वस्थ्य, प्राज्ञिक छलफल गर्न सकिएपनि उक्त फैसला वा आदेश प्रत्यक्ष ,परोक्ष पालना गर्नु सबैको कर्तव्य भएको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
आदेशको परोक्ष रुपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवद्र्धन गर्ने बारको ठम्याई छ । हालै सर्वोच्च अदालतले सरकारले फिर्ता बोलाएका ११ देशका राजदूतहरूलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
तर त्यसको विपरीत सरकारले राजदूतहरूलाई भोली २० गतेभित्र परराष्ट्र मन्त्रालयमा हाजीर गर्नेगरी निर्देशन दिएपछि बारले आपत्ति जनाएको हो ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया