नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न सुझाव
काठमाडौं:नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ आरओपीजस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै डाक्टरहरुले परीक्षण अनिवार्य गर्न सुझाव दिएका हुन् ।
तिलगङ्गा आँखा प्रतिष्ठानमा हिजो गरेको अन्तरक्रियामा आँखा रोग विशेषज्ञ इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र ‘आरओपी’ को परीक्षण अनिवार्य रहेको र समयमै उपचारले जीवनभरको दृष्टि हानी हुनबाट बचाउन सकिने बताउनुभयो । डा प्रधानका अनुसार विश्वभर हरेक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छ र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ ।
डा प्रधानले नौ महिना नपुगी जन्मिएको, दुई किलोभन्दा कम तौल भएको, नवजात शिशु सघन उपचार कक्ष एनआइसीयूमा धेरै दिन भर्ना गरेर राखेको बच्चामा आँखामा यो समस्या हुन सक्ने जानकारी दिएका छन ।
यसैगरी आँखा रोग विशेषज्ञ भिट्रो रेटिनल सर्जन डा रबा थापाले मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताउँदै डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागेमा दृष्टिविहीन हुनबाट बचाउन सकिने बताएका छन ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया