Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारसरकारले आफ्नै मुद्रणबाट लाइसेन्स छाप्न थाल्यो,मन्त्री खरेलले गरे शुभारम्भ

सरकारले आफ्नै मुद्रणबाट लाइसेन्स छाप्न थाल्यो,मन्त्री खरेलले गरे शुभारम्भ


काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स आफ्नै मुद्रणबाट छाप्न सुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीमा रहेको केन्द्रको प्रिन्टिङ मेशिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाईको शुभारम्भ गरे।

सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइकाबाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाईको काम सुरु गरिएको बताए । उनले बर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ गरिएको उल्लेख गरे ।

उन अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भएपनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन ।

लाईसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाई सधै विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाई सुरु गरिएको बताए ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरु गरिएको जानकारी दिए। पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँसय र यसको मात्रा बढाउदै लगिने केन्द्रले जनाएको छ । कार्यकारी निर्देशक ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्त शुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिषा स्टिकर छपाई गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ ।



तपाईको प्रतिक्रिया