मतदाता नामावली संकलन उत्साहजनक,एक लाख ४६ हजार नयाँ मतदाता थपिए
काठमाडौँ। निर्वाचन आयोग नेपालले नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ साल कात्तिक २१ गतेसम्म नयाँ दर्ता भएका कुल मतदाताको सङ्ख्या एक लाख ४६ हजार ६५७ जना छन् ।
यसमध्ये ८७ हजार हजार ९७४ जना पुरुष, ५८ हजार ६६३ जना महिला र अन्य २० जना छन्।
त्यसैगरी, कात्तिक २१ गते एकै दिन १० हजार ५९३ जना नयाँ मतदाता थपिएका छन् । जसमध्ये ६ हजार १०७ पुरुष, ४ हजार ४८४ महिला र अन्य २ जना थपिएको जानकारी प्रवक्ता भट्टराईले बताए ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता प्रक्रियालाई अझ सक्रिय र पारदर्शी बनाउन यस किसिमका तथ्यांकहरू सार्वजनिक गर्दै आएको छ।
आयोगका अनुसार मतदाता दर्ता प्रक्रिया भौतिक रूपमा आयोग कार्यालय तथा अनलाइनमार्फत समेत गर्न सकिन्छ। मतदाता दर्ता भएकाले मात्रै आगामी फागुन २१ को निर्वाचनमा आफ्नो मतदान अधिकार प्रयोग गर्न सक्नेछन्। नयाँ मतदाता नामावली संकलन गर्ने अवधि २०८२ कात्तिक ३० गतेसम्म छ ।
प्रवक्ता भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढीरहेको छ ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया