बाढी र पहिरोको क्षतिबाट ३ अर्ब ७८ करोडको बीमा दाबी
काठमाडौं: अघिल्लो महिना असोजको बाढी र पहिरोका कारण पुगेको क्षतिबाट बीमा कम्पनीमा तीन अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेको छ । गएको असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो ।
बीमा प्राधिकरणका अनुसार कुल चार सय ३४ वटा बीमा दाबीको आवेदन परेको छ । सम्पत्ति बीमा, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम, कृषि तथा बाली बीमा, मोटर बीमालगायतको आवेदन परेको छ । कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै एक सय ९७ वटा बीमा दाबीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाण्डौमा ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ ।
प्राधिकरणका अनुसार गएको भदौ २३ र २४ गतेको जेन–जीआन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड रुपैयाँबराबरको बीमा दाबीको आवेदन परेको छ । यस्तै, गएको असारको बाढीरपहिरोका कारण भएको क्षतिको ९८ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको थियो ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया