राष्ट्रपतिद्वारा फागुन २१ को निर्वाचन सफल बनाउन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।
उनले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका हुन् ।
आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिंदै निर्वाचन सफल बनाउनु पर्ने बताएका हुन् ।
लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने उनले बताए ।
राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यमलाई आग्रह गरे ।
सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकाले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व भएको उनले बताए ।
राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको धारणा राखे ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया