रविविरुद्धको मुद्दा फिर्ता लिने कदमप्रति रक्षा बमको आपत्ति
काठमाडौं । जेन–जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको कदमप्रति गम्भीर असहमति जनाएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बमले कानुनले फिर्ता लिन नमिल्ने मुद्दा सरकार आफैंले फिर्ता लिने तयारी गर्नु सुशासनको ठाडो उपहास भएको टिप्पणी गरेकी छन् । उनले सम्पत्ति शुद्धीकरणको मुद्दा कानुनले नै ‘नेगेटिभ सूची’मा राखेको विषय स्मरण गराउँदै सरकारको नियतमाथि प्रश्न उठाएकी छन् ।
उनको स्टाटसमा उल्लेख छ,‘कानुनमा फिर्ता लिन नमिल्ने मुद्दाको ‘नेगेटिभ सूची’ नै राखिएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दा त्यही ‘नेगेटिभ सूची’मा पर्छ ।’
बमले चेतनशील नागरिक, लोकतन्त्रका लागि सडकमा उत्रिएका युवाहरू र सुशासनको माग गर्दै बलिदान दिन तयार पुस्ताको आवाजलाई बेवास्ता गरिएको भन्दै कडा शब्दमा असन्तोष व्यक्त गरेकी छन् ।‘चेतनशीलहरूले प्रश्न गर्लान्, सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातीहरूले सोध्लान्— महान्यायाधिवक्ता ज्यू ! यही हो सुशासन ???’ उनले लेखेकी छन् ।
ताजा अपडेट
- शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ
- जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
- पशुपति क्षेत्रमा सरसफाइ
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
- ‘शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
- जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने
- बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
- आँखा अस्पतालमा बिरामी बढे
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया