निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्चमा, माघ ६ गते रिटको पेसी
काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले पार्टीसम्बन्धी निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै आइतबार (माघ ४) सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सर्वोच्च प्रशासनका अनुसार रिट दर्ता भइसकेको छ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त रिट दर्ता गराएका हुन्। देउवा समूहका कानुन व्यवसायीले रिटको तत्काल सुनुवाइका लागि आग्रह गरे पनि आजै सुनुवाइ सम्भव नभएको जानकारी सर्वोच्च प्रशासनले दिएको छ।
सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ। भोलि (माघ ५) सार्वजनिक बिदा रहेकाले त्यसपछि मात्रै सुनुवाइ हुने जनाइएको छ।
निर्वाचन आयोगले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि असन्तुष्ट देउवा समूह सर्वोच्च अदालत पुगेको हो। यस विषयले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ।
रिट दायर गर्ने क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायत नेताहरू सर्वोच्च पुगेका थिए । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ताजा अपडेट
- सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
- सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
- मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल
- नेकपा संयोजक दाहाल स्वदेश फिर्ता
- कुतियाकवरवासी: डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
- प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
- भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन
- नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया