Techie IT
  • आईतबार, साउन ३, २०८३ / Sunday, July 19, 2026
गृहपृष्ठमुख्य समाचारकांग्रेसबाट मोरङ–३ मा सुनिल शर्माको टिकट सुनिश्चित

कांग्रेसबाट मोरङ–३ मा सुनिल शर्माको टिकट सुनिश्चित


काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ–३ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्ने भएका छन्। आज मात्र उनलाई उक्त क्षेत्रबाट पार्टीको टिकट प्रदान गरिएको हो।

सुनिल शर्मा विशेष महाधिवेशनमा उपस्थित भएर सम्बोधन पनि गरेका थिए। तर नेतृत्व चयनको समय उनी त्यहाँ उपस्थित थिएनन्। त्यही समयमा सानेपामा आयोजित बैठकमा उनी सहभागी भएको स्रोतले जनाएको छ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरू अब चुनावी तयारीमा जुट्न थालेका छन्। सुनिल शर्माले मोरङ–३ बाट पार्टीको तर्फबाट चुनावी अभियान सुरु गर्ने तयारी थालेका छन्।

यो निर्णयपछि मोरङ–३ मा कांग्रेसको उम्मेदवारी निश्चित भएको छ भने क्षेत्रीय राजनीतिमा नयाँ सक्रियता देखिने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया