व्यक्तिगत घटनाका विवरण त्रुटि भएमा सच्याउन मिल्ने
काठमाडौं : नाम, जन्ममिति, विवाह दर्ता, बसाईँसराईसहित व्यक्तिगत घटनाका विवरणमा त्रुटि भएमा एकपटकलाई सच्याउन पाउने गरी बाटो खुलेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय गरेसँगै नाम, जन्ममिति, विवाह दर्तालगायतका विवरण सच्याउन पाउने बाटो खुलेको हो ।
यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा थप प्रष्टता नभएकाले सहजीकरण गर्ने सन्दर्भमा नियमावली संशोधन गरिएको हो । अब व्यक्तिको नाम, ठेगाना, विवाह दर्ता, सम्बन्ध विच्छेद, मृत्यु जस्ता व्यक्तिगत घटना दर्ताबारे विवरणमा त्रुटि भएको खण्डमा एकपटकलाई संशोधन गर्न पाउने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सानुबाबु अधिकारीले जानकारी दिए ।
यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा एक वर्षभित्र सच्याउनुपर्ने बन्देजका कारण असहज भएकोमा यसलाई फुकुवा गरेको निर्देशक अधिकारीले जानकारी दिए ।
अब समयअवधिको बन्देज नभए पनि एक पटक मात्रै संशोधन गर्न सकिनेछ । मन्त्रिपरिषद्ले नियमावली संशोधन गरिसकेकाले अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन शुरु हुनेछ । व्यक्तिगत घटना विवरण दर्ता गर्न वा सच्याउने काम हरेक वडा कार्यालयका वडासचिवमार्फत् गर्न सकिनेछ ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया