कोरला नाका खोलिने,कैलाश मानसरोवर जान सहज
काठमाडौं । मुस्ताङको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने बाटो खोल्न पहल थालिएको छ।
कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय बाटो खोल्ने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेन पुगेका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरूङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुई स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीसँग छलफल गर्न गत शुक्रबार गएको बताए।कोरला नाका हुँदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरूङसहित १३ जनप्रतिनिधि सहभागी छन्। यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरूङले बताए।
ुनेपाल र चीन सरकारका अधिकारीसँग समन्वय गरेर कोरला नाका हुँदै मानसरोवर पुग्ने धार्मिक पर्यटकीय बाटोको सम्भाव्यता अध्ययन गर्न आएका हौ,ु उनले भने, ुहाम्रो पहल सफल भए गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने विश्वास छ।ु
कोरला नाका हुँदै कैलाश मानसरोवर, ल्हासा तिब्बत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीलाई कोरला नाका भएर लुम्बिनी ल्याउन यो छोटो बाटो हुने अध्यक्ष गुरूङले बताए। उनका अनुसार कोरला नाकादेखि कैलाश मानसरोवर तीन सय किलोमिटर र ल्हासा एक हजार किलोमिटर टाढा छ।कैलाश मानसरोवर दर्शनका लागि कोरला नाकाबाट छोटो, कम खर्चिलो र सहज हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए।
अहिले भारतीय र नेपाली पर्यटक हुम्ला हुँदै मानसरोवर दर्शन गर्न जान्छन्।
अहिले भारतीय बाटो हुँदै जाँदा एक धार्मिक पर्यटकले प्रतिव्यक्ति दुई लाखभन्दा बढी खर्च गर्नुपर्नेमा कोरला नाकाबाट सहज भए निकै कम खर्चमा कैलाश र मानसरोवर भ्रमण गर्न सकिने बताइएको छ।विसं २०८० कात्तिक २७ देखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरला नाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियो भने यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुन थालेको छ।पोखरा र काठमाडौंबाट हवाई र सडक सञ्जालबाट सहजै कोरला नाका हुँदै सवारीसाधन प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ।
चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा वर्षेनि हजारौं नेपाली पर्यटक भ्रमण गर्छन्।मुस्ताङको बाटो हुँदै कैलाश मानसरोवर जान काठमाडौंबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र चार सय किलोमिटर यात्रापछि पोखराबाट म्याग्दी बेनी हुँदै मुस्ताङको कोरला नाका पुग्न सकिन्छ। हवाईमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेकाले ९६ किलोमिटर पार गरेपछि लोमान्थाङ हुँ साढे चार घण्टामा कोरला पुग्न सकिन्छ।नेचुङ–लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेन पुगिन्छ भने त्यहाँबाट तीन सय किलोमिटर यात्रापछि छ घण्टामा कैलाश र मानसरोवर पुगिने अध्यक्ष गुरूङले बताए।
तिब्बती क्षेत्रको सडक सञ्जाल र सवारीसाधन आधुनिक भएकाले यात्रा सहज रहेको उनले भने। हिन्दू धर्ममा शिवको बासस्थान भनिने कैलाश समुद्र सतहबाट छ हजार ६०३ मिटर उचाइमा छ। कैलाश पर्वत परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुने विश्वास छ।
कोरला नाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कार्यालयबाट पहिलोपटक भिसा लगाएर १३ जनप्रतिनिधिको टोली कोरला नाका हुँदै एक साताका लागि चीन गएको बताए। नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि एक सय ५० दिनको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराइने छ।
सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि पाँच सय डलर प्रवेश शुल्क तोकेकाले चुनौती रहेको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया