निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन गरिँदै
सुदूरपश्चिम, २० माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन सुदूरपश्चिम प्रदेशका मतदान केन्द्रमा कर्मचारीको व्यवस्थापन गर्ने काम भइरहेको छ ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार मतदान केन्द्रमा निर्वाचन गराउन सङ्घ, प्रदेश र पालिका तहका कर्मचारी, सरकारी स्वामित्वका कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारी खटाउने गरी जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको छ । कार्यालय प्रमुख प्रेमराज भट्टले प्रत्येक मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक सहायक निर्वाचन अधिकृत, एक सहायक कर्मचारी र स्वयमसेवक गरी सात जनासम्म खटाउने गरी व्यवस्थापन भइरहेको र अपुग भएमा शिक्षकलाई पनि खटाउने तयारी रहेको बताउनुभयो ।
प्रदेशका १६ निर्वाचन क्षेत्रका दुई हजार १९९ मतदान केन्द्रमा निर्वाचन गराउन कूल १५ हजार ३९३ जनशक्ति आवश्यक पर्ने कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो । जिल्लागत रुपमा पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा चार हजार४८७, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई हजार५२० र दुई निर्वाचन क्षेत्र रहेको अछाममा एक हजार४९१ कर्मचारी परिचालन गर्न लागिएको छ ।
यस्तै एक निर्वाचन क्षेत्र रहेको डोटीमा एक हजार २६०, दार्चुलामा एक हजार एक, डडेलधुरामा नौ सय ८७, बाजुरामा आठ सय २६, बझाङमा एक हजार ३२३ र बैतडीमा एक हजार ४९८ कर्मचारी खटाउन लागिएको छ । प्रदेशका सबै नौ जिल्लामा गरी एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्रको व्यवस्था गर्न लागिएको छ ।
प्रदेशमा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या बढी छ । आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरुष समेत गरेर कूल १७ लाख १६ हजार ६६० मतदाता छन् । अन्य मतदाता १८ जना छन् । पछिल्लो समय गरिएको मतदाता नामावली सङ्कलनका क्रममा ४६ हजार २० मतदाता थपिएका थिए ।
जिल्लागत रुपमा कैलालीमा पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, अछाममा एक लाख ६५ हजार ३३७, डडेलधुरामा ९३ हजार ४०३, बैतडीमा एक लाख ५६ हजार ३७२, दार्चुलामा ९२ हजार ९४८, डोटीमा एक लाख २८ हजार ३९९, बझाङमा एक लाख २६ हजार ९०३ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन् ।
विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–४ र ५ तथा डडेलधुरा, बाजुरा, दार्चुला, कञ्चनपुर–२ र ३, अछाम–२ मा नेपाली काग्रेस विजयी भएको थियो । यस्तै डोटी, बझाङ र अछाम–१ मा नेकपा ९एकीकृत समाजवादी० विजयी भएको थियो । तत्कालीन नागरिक उन्मुक्ति पार्टी कैलाली–१, २ र ३ मा विजयी भएको थियो भने नेकपा ९एमाले० कञ्चनपुर– १ र बैतडीमा विजयी भएको थियो ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया