नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने तयारी
काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेबारे छलफल थालेको छ ।
आयोगले पूर्वनिर्धारित समय २०८३ मङ्सिरसम्म मुलुक विकाशसील राष्ट्रमा स्तारोन्नतिका लागि हालसम्म प्राप्त भएका उपलब्धि, त्यसको समीक्षा, गर्नुपर्ने थप तयारी र अबको रणनीतिबारे सरोकारवालासँग छलफल भएको आयोगले जनाएको छ ।
अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा सोमबार बसेको बैठकमा आयोगका पूर्वउपाध्यक्षहरू, पूर्वअर्थमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधि, मुख्य सचिव, सचिवलगायतसँग स्तोरोन्नतिबारे छलफल भएको आयोगका सदस्यसचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।
स्तरोन्नतिका लागि एक वर्ष बाँकी रहेको र पछिल्लो आन्दोलनका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरले थपेका अवस्थामा आयोगले स्तरोन्नतिबारे छलफल गरेको हो । आयोगका निवर्तमान उपाध्यक्ष शिवराज अधिकारीका अनुसार स्तरोन्नतिका लागि आयोगले विभिन्न मन्त्रालय तथा निकायलाई स्तारोन्नतिको तयारीका लागि गर्नुपर्ने काम तोकेर पठाएको थियो ।
ती काम कुन अवस्थामा पुगेका छन् र अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई के कस्ता सहयोग गर्न सक्छन् र लिन सकिन्छ भन्नेलगायतका विषयवस्तु पनि अब निक्र्योल हुनुपर्ने उनको भनाइ छ ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया