नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने तयारी
काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाल अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेबारे छलफल थालेको छ ।
आयोगले पूर्वनिर्धारित समय २०८३ मङ्सिरसम्म मुलुक विकाशसील राष्ट्रमा स्तारोन्नतिका लागि हालसम्म प्राप्त भएका उपलब्धि, त्यसको समीक्षा, गर्नुपर्ने थप तयारी र अबको रणनीतिबारे सरोकारवालासँग छलफल भएको आयोगले जनाएको छ ।
अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा सोमबार बसेको बैठकमा आयोगका पूर्वउपाध्यक्षहरू, पूर्वअर्थमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधि, मुख्य सचिव, सचिवलगायतसँग स्तोरोन्नतिबारे छलफल भएको आयोगका सदस्यसचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।
स्तरोन्नतिका लागि एक वर्ष बाँकी रहेको र पछिल्लो आन्दोलनका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरले थपेका अवस्थामा आयोगले स्तरोन्नतिबारे छलफल गरेको हो । आयोगका निवर्तमान उपाध्यक्ष शिवराज अधिकारीका अनुसार स्तरोन्नतिका लागि आयोगले विभिन्न मन्त्रालय तथा निकायलाई स्तारोन्नतिको तयारीका लागि गर्नुपर्ने काम तोकेर पठाएको थियो ।
ती काम कुन अवस्थामा पुगेका छन् र अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई के कस्ता सहयोग गर्न सक्छन् र लिन सकिन्छ भन्नेलगायतका विषयवस्तु पनि अब निक्र्योल हुनुपर्ने उनको भनाइ छ ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया