कारागारबाट छुटेको दिनै श्रीमतीको हत्या
काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा ५१ वर्षीय जीतबहादुर विकले आफ्नी ५२ वर्षीया श्रीमती सीता विकको कुटपिट गरी हत्या गरेका छन्।
कारागारबाट वैवाहिक जबर्जस्ती करणी मुद्दामा धरौटीमा छुटेको दिनै उनले श्रीमतीमाथि आक्रमण गरेका हुन्।
बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।
घटनापछि स्थानीयले जीतबहादुरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।
श्रीमती सीताले नै धरौटी तिरेर उनलाई जेलबाट छुटाएकी थिइन्। उनका तीन छोरा विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया