Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारप्रधानमन्त्री कार्की ताप्लेजुङमा

प्रधानमन्त्री कार्की ताप्लेजुङमा


ताप्लेजुङ, १ फागुनः प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज यहाँ आइपुग्नुभएको छ । आजै बिहान उहाँले पाथीभरा माताको पूजाअर्चना गर्नुभएको छ ।

पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, सामाजिक सञ्जालमा लेख्नुभएको छ । प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।



तपाईको प्रतिक्रिया