Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारवसन्तपुरमा चिर ठड्याइयो: काठमाडौँमा होलीको विधिवत् सुरुवात, १८ गते टुँडिखेलमा सेलाइने

वसन्तपुरमा चिर ठड्याइयो: काठमाडौँमा होलीको विधिवत् सुरुवात, १८ गते टुँडिखेलमा सेलाइने


फाल्गुन शुक्ल अष्टमीको अवसरमा आज बिहान ७:१३ बजेको शुभ साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारअघि रङ्गीचङ्गी ‘चिर’ ठड्याएसँगै राजधानीमा विधिवत् रूपमा होली पर्व सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको साइतअनुसार निवृत्तभरण व्यवस्थापन कार्यालयले बिहान पूर्वतर्फ फर्काएर चिरोत्थान गरेसँगै वसन्तपुर क्षेत्रमा रङ खेलेर हर्षोल्लास मनाउन सुरु गरिएको हो। परम्पराअनुसार फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्व आगामी फागुन १८ गते सोमबार राति ५:३१ बजे चिर ढालेर र ५:५१ बजे टुँडिखेलमा लगी जलाएपछि समापन हुनेछ।

यस वर्ष पहाडी जिल्लाहरूमा फागुन १८ गते र तराईका जिल्लाहरूमा फागुन १९ गते होली मनाइँदै छ।



तपाईको प्रतिक्रिया