Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारनवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान


कठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन् ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उहाँलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका थिए । नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म रहनेछ ।



तपाईको प्रतिक्रिया