पशुपतिमा नवरात्रि महामहोत्सव सुरू
काठमाडौं। बडादसैँको अवसर पारेर पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्रि महामहोत्सव’ सुरु भएको छ।
श्रीमाता दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्को आयोजनामा भइरहेको यो महोत्सव असोज १६ गतेसम्म चल्नेछ।
महोत्सवमा दैनिक देवी भागवतको प्रवचनसहित दुर्गा माताको विशेष आराधना, भजन–कीर्तन र धार्मिक कार्यक्रम हुनेछन्।
उद्घाटन सत्रमा परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए। उनका अनुसार महोत्सव धार्मिक सहिष्णुता र सांस्कृतिक एकतामा टेवा पुर्याउनेछ।
उद्घाटनका दिन गुहेश्वरीदेखि बागमतीसम्म कलशयात्रा निकालिएको थियो भने विशेष महाआरती सम्पन्न गरिएको थियो।
यसैबीच, घटस्थापना सुरु भएसँगै देशभरका नवदुर्गा मन्दिरहरू रङरोगन गरी झकिझकाउ बनाइएका छन्।
गाउँदेखि सहरसम्म घर–आँगन पोत्ने, मन्दिर वरिपरिको सरसफाइ गर्ने तथा बत्ती सजावट गर्ने कार्यमा तीव्रता आएको छ। काठमाडौंको मैतिदेवी मन्दिर पनि सोमबार विभिन्न रंगीन बत्तीले सजाइएकाले वरिपरिको वातावरण झिलीमिली बनेको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा हुन्छ। धार्मिक ग्रन्थ मार्कण्डेय पुराणअनुसार यही दिन चामुण्डा देवीले रक्तबीज राक्षसको संहार गरेकाले महानवमीलाई विशेष महत्वका साथ मनाइन्छ।
नवरात्रको अन्तिम दिन देशभरका शक्तिपीठ र मन्दिरमा पूजा–आराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने परम्परा रहेको छ। घटस्थापनादेखि राखिएको जमरा अन्तिम दिन देवी सिद्धिदात्रीको विधिपूर्वक पूजापश्चात् विसर्जन गरिन्छ।
ताजा अपडेट
- सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
- सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
- मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल
- नेकपा संयोजक दाहाल स्वदेश फिर्ता
- कुतियाकवरवासी: डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
- प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
- भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन
- नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया