Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारमंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए

मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए


काठमडौं । धेरैजसो वाणिज्य बैंकहरुले मंसिरका लागि पनि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये १२ वटाको ब्याजदर घटेको हो । आठ वटाले कात्तिकको ब्याजदरलाई नै मंसिरमा यथावत् राखेका छन् ।

मंसिरका लागि लक्ष्मी सनराइज, एनएमवी, एभरेष्ट, माछापुच्छ्रे, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई र प्रभु बैंकले मुद्दतीको निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका हुन् ।

भोलिदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएका बैंकहरुमा नबिल, हिमालयन, प्राइम कमर्सियल, एनआइसी एशिया, कुमारी, नेपाल एसवीआई, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स र कृषि विकास रहेका छन् ।



तपाईको प्रतिक्रिया