ईपीएस भाषा परीक्षा आजदेखि शुरू
काठमाडाैं। रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा आजदेखि शुरू भएको छ । विहान साढे ९ बजेदेखि परीक्षा शुरू भएको ईपीएस शाखाका सूचना अधिकारी राजकिशोर शाहले जानकारी दिनुभयो ।
पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएकाहरुले परीक्षा दिँदैछन् जसमा ६७ हजारले आवेदन दिएका छन् । सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल १ लाख २ हजार ५ सय १५ परीक्षार्थीले आवेदन दिएका छन् ।
तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा शुरू गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुनेछ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।
भाषा परीक्षा दुई महिनाभित्र सक्ने ईपीएस शाखाको तयारी छ । दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशहरुमध्ये नेपालबाट सबैभन्दा धेरै श्रमिक लिने गरेको छ ।
ताजा अपडेट
- ईपीएस भाषा परीक्षा आजदेखि शुरू
- एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत
- माैसममा कुनै गडबडी नहुने
- माघ ११ गते राष्ट्रियसभा सदस्य चुनाव: निर्वाचन कार्यक्रम सार्वजनिक
- राजनीतिक दल खोल्न हाेडबाजी: १२३ दल दर्ता, ३२ प्रक्रियामा
- एनपिएल क्रिकेट आजदेखि
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया