Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारसुनकाे मूल्यमा गिरावट

सुनकाे मूल्यमा गिरावट


काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजकाे लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । सोमबार एक तोला सुन २ लाख ४३ हजार ३०० मा खरिदबिक्री भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। यसदिन एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।



तपाईको प्रतिक्रिया