फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
काठमाडौँ । राष्ट्रिय समाचार समिति ९रासस०को पुस्तकालय (लाइब्रेरी)का लागि फ्रिडम फोरमले विभिन्न १८ शिर्षकका ३१ थान पुस्तक उपलब्ध गराएको छ । राससका कार्यकारी अध्यक्ष धमेन्द्र झालाई आज फ्रिडम फोरमका प्रतिनिधि मञ्जु दाहालले रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा ती पुस्तक हस्तान्तरण गरे ।
पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससलाई सिङ्गो अनुसन्धान केन्द्र बनाउने योजना अनुसार पुस्तकालय विस्तार गरी पत्रकारिता तथा सञ्चारमाध्यमसम्बन्धी सामग्री सङ्कलन गर्ने अभियान सञ्चालन गरिएको बताए ।
उनले भने, “राससको पुस्तक सङ्कलन अभियानलाई पूर्णरुप दिनका लागि पुस्तक उपलब्ध गराइदिनुहुन विभिन्न व्यक्ति तथा निकाय र प्रकाशकलाई आह्वान गरेका छौँ । हाम्रो आह्वानलाई स्वीकार गरी फोरमले पत्रकारिता र सञ्चारमाध्यमसँगसम्बन्धित महत्त्वपूर्ण पुस्तक उपलब्ध गराएर सहयोग गरेकामा दाहालसहित सम्पूर्ण फोरम परिवारलाई धन्यवाद दिन चाहान्छु ।”
फ्रिडम फोरमका कार्यकारी प्रमुख एवं सस्थापक अध्यक्ष तारानाथ दाहालले प्रेस स्वतन्त्रता र पत्रकारितासँग सम्बन्धित विषयगत पुस्तक राससका लागि उपयोगी हुने महसुस गरी उपलब्ध गराइएको बताए । उनले भने, “३१ थान पुस्तकमा पत्रकारिता, सुशासन, पारदर्शीता, सूचनाको हकलगायत क्षेत्रमा भएका विभिन्न अध्ययनसम्बन्धी बहुउपयोगी पुस्तक राससको पुस्तकालयका लागि उपलब्ध गराएका छौँ ।”
फोरमले ‘सर्वोच्च अदालतबाट प्रतिपादित सूचना तथा सञ्चारसम्बन्धी नजिरहरू’, ‘पत्रकारिता नीति तथा कानुन’, ‘असली समाचारः स्रोत तथा प्रशिक्षण दिग्दर्शन’, ‘नेपालमा बजेट पारदर्शीता’लगायत पुस्तक राससलाई हस्तान्तरण गरेको छ ।
रासस मिडिया सङ्ग्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढ्दो छ । मिडिया सङ्ग्रहालय सञ्चालन भएदेखि विज्ञ, सरोकार भएका निकायका प्रतिनिधि, विद्यार्थीलगायतले अवलोकन गर्दै आएका छन् । साथै रासस समाचार बुलेटिन कक्ष र पुस्तकालयप्रति पाठक, विज्ञ तथा सरोकार भएकाको चासो बढ्दै गएको छ ।
राससले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा विसं २०८१ फागुन ७ गतेदेखि ‘रासस मिडिया सङ्ग्रहालय, समाचार बुलेटिन कक्ष’ सर्वसाधरणका लागि खुला गरेको हो । समाचार कक्षमा विसं २०१८ फागुन ७ गतेदेखि हालसम्मका समाचार सामग्री राखिएका छन् ।
रासस पुस्तकालयमा करिब दुई हजार किसिमका पुस्तक राख्ने योजना छ । हाल पुस्तकालयमा सात सय हाराहारी पत्रकारितासम्बन्धी पुस्तक छन् । रासस मिडिया सङ्ग्रहालय, रासस समाचार बुलेटिक कक्षप्रति अवलोकनकर्ताको दिनप्रतिदिन आकर्षण बढिरहेको छ । राससको पुस्तकालयका लागि यसअघि सेन्टर फर मिडिया रिसर्च, नेपालले विभिन्न १५ शिर्षकका ३० थान पुस्तक उपलब्ध गराएको थियो ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया