Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारआजकाे माैसम: हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

आजकाे माैसम: हिमाली क्षेत्रमा हिमपात हुन सक्ने


काठमाडौँ ।हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो र राति अधिकांश स्थानमा मौसम सफैँ रहने तर कोशी तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात हुन सक्ने संभावना छ।

भोलि पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया