‘जनअपेक्षाअनुसार सेवा सुधार गर्न सरकार प्रतिबद्ध छ’
लुम्बिनी, १ वैशाखः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नयाँवर्ष २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जनअपेक्षाअनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेशको दिगो विकासका लागि विभिन्न नीति, कार्यक्रम र योजना कार्यान्वयनमा रहेको जानकारी गराउनुभएको छ । उहाँका अनुसार स्थानीय स्रोत, साधन र उत्पादनमा आधारित उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा विशेष जोड दिइएको छ । शून्यबाट सुरु भएको प्रदेश संरचनालाई संस्थागत गर्दै सबल, सक्षम र उत्तरदायी शासन प्रणाली निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको पनि उहाँले बताउनुभयो । मुख्यमन्त्री आचार्यले नयाँ वर्ष विगतको समीक्षा गर्दै भविष्यको स्पष्ट दिशातर्फ अघि बढ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो । आशा, उत्साह र नयाँ सङ्कल्पका साथ सकारात्मक ऊर्जा र सामूहिक जिम्मेवारीका रूपमा यो क्षणलाई लिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले वर्तमान परिवेशमा राजनीतिक स्थायित्व, सुशासन र विकासबीचको समन्वय अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै समावेशी, न्यायपूर्ण र समुन्नत समाज निर्माणतर्फ सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया