मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले सोमबार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसर विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गर्नुभएको छ ।
सोमबार यहाँ आयोजित कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार एवं सुदृढीकरण गर्ने, कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत बनाउने विषयमा छलफल भएको थियो । सो अवसरमा अमेरिकी प्रविधिगत दक्षता साझेदारी गर्ने उपायबारे पनि चर्चा गरिएको थियो ।
अमेरिकी सहायक विदेशमन्त्री पलले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको छ ।
“रास्वपाका सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लाग्यो । नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जान्ने अवसर मिल्यो”, सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “अमेरिका-नेपाल सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि छलफल भयो ।” अमेरिकी सहायक विदेशमन्त्री पल सोमबार काठमाडौँ आइपुग्नुभएको हो ।
ताजा अपडेट
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया