काठमाडौंमा सीमाना नीति र डोजर आतंकविरुद्ध राष्ट्रिय एकता दलको प्रदर्शन
काठमाडौं — राष्ट्रिय एकता दलले सीमाना क्षेत्रमा लागू गरिएको रु १०० को प्रावधान खारेजी तथा तथाकथित “डोजर आतंक” को अन्त्यको माग गर्दै आज काठमाडौंको माईतिघर मण्डलामा प्रदर्शन गरेको छ। करिब २०० जनाको सहभागिता रहेको उक्त प्रदर्शनमा दलका कार्यकर्ता तथा नेताहरूले चर्को नाराबाजी गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
प्रदर्शन माईतिघर मण्डला मा आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले सीमाना क्षेत्रमा गरिब नागरिकमाथि भइरहेको अन्याय, कडाइ र भेदभावपूर्ण व्यवहारको विरोध गरेका थिए।
कार्यक्रम दलका केन्द्रीय अध्यक्ष विनय यादव को नेतृत्वमा सम्पन्न भएको थियो। साथै नेता तोयानाथ दहाल, कालानंद मिश्र र प्यारी तामाङ लगायतले पनि सम्बोधन गरेका थिए।
अध्यक्ष विनय यादवले “सीमानामा रु १०० को नाममा गरिबमाथि अन्याय भइरहेको छ। सरकार धनीका लागि नियम फितलो बनाउँछ, तर गरिबका लागि कडा। एयरपोर्टबाट सुन र रक्सी सजिलै छिर्छ, तर किसानले ल्याएको चामलसमेत जाँचिन्छ। यो दोहोरो मापदण्ड अब सहिँदैन।
डोजर प्रयोग गरेर जनताको घर भत्काउने काम बन्द हुनुपर्छ। कुनै पनि कारबाही पूर्व सूचना बिना गरिनु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भनेका थिए
हामी सरकारसँग स्पष्ट माग गर्छौं—सीमानाका जनताको अधिकार सुनिश्चित गरियोस्, किसानलाई आवश्यक मलखादको व्यवस्था गरियोस्, र गरिबमाथिको दमन तुरुन्त रोकियोस्।”
प्रदर्शनमा सीमामा १०० को नियम हटाऊ,
गरीबको हक अधिकार बचाऊ!
एयरपोर्टमा सुन–रक्सी छुट,
गरिबको चामल किन जाँच कुट?
पूर्व सूचना बिना डोजर बन्द गर,
जनताको घरमा अन्याय अन्त गर!
डोजर आतंक अब सहिँदैन,
गरीबमाथि अत्याचार चल्दैन!
सीमानाका किसानलाई मल देऊ,
उनको श्रमको सम्मान गर देऊ!
नेपाल–भारत सीमामा अन्याय बन्द गर,
गरीबमाथि दुर्व्यवहार अन्त गर!
सीमानाका जनताको अधिकार सुनिश्चित गर,
राज्यले अब जिम्मेवारी पूरा गर!
मानव अधिकारको रक्षा गर,
दमन होइन, न्याय देऊ सरकार! जस्ता नारा लागेको थियो।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। दलले सरकारसँग आफ्ना मागहरू सम्बोधन नगरे थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया