Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारसुनकाे मूल्यमा गिरावट

सुनकाे मूल्यमा गिरावट


काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुनप्रतितोला १ हजार ३ सय रूपैयाँले घटेको जनाएकाे हाे। याेसँगै शुक्रबार सुनप्रतितोला २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेकाे छ।बिहीबार सुनप्रतितोला २ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि ८५ रूपैयाँले घटेको छ। याेसँगै शुक्रबार चाँदी प्रतिताेला ३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेकाे हाे। तर चाँदी बिहीबार भने प्रतिताेला ३ हजार १ सय ८५ रूपैयाँमा भएको कारोबार भएकाे थियाे।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनप्रतिऔंस ४ हजार ४१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।



तपाईको प्रतिक्रिया