Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारराष्ट्र बैंकले तीन अर्ब ७६ करोड  लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड  लगानी गर्ने


काठमाडाैं। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना निकालेर आफूले लिन चाहेको रकम र रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही पर्सि सोमवार बेलुकी ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । ‘क’ वर्गको वाणिज्य बैङ्कमा  तीन अर्ब ८० लाख, ‘ख’ वर्गका विकास बैङ्कमा  ५६ करोड ४० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ बराबर लगानी हुनेछ ।

बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैङ्कबाट तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ



तपाईको प्रतिक्रिया