Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारसुनको मूल्य २ लाख ४४ हजार ६ सय पुग्यो

सुनको मूल्य २ लाख ४४ हजार ६ सय पुग्यो


काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको हो । भाउ बढेको दिन सुन आज तोलाको दुई लाख ४४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार एक सय रुपैयाँ रहेको थियो ।



तपाईको प्रतिक्रिया