Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारकाठमाडौं उपत्यकाको तापक्रम घट्याे

काठमाडौं उपत्यकाको तापक्रम घट्याे


काठमाडौं : दैनिक चिसो बढ्ने क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज (बुधबार) बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको हो । हिजो ७ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ अहिलेकै स्थिर रहन पनि सक्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।



तपाईको प्रतिक्रिया