फरार कैदीबन्दीलाई कारागार फर्कन आह्वान
काठमाडौं ।
कारागार व्यवस्थापन विभागले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ । गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन भएको जनाएको छ ।
तोकिएको समयभित्र कारागार नफर्कनेलाई प्रचलित कानुन बमोजिम कारवाही हुने विभागका निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्वद्ध सबैलाई विभागले आग्रह गरेको छ । फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारवाही हुने भएकाले उनीहरूबारे जानकारी दिन विभागले अनुरोध गरेको छ ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया