Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिएमाले नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता

एमाले नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बन्नुभएका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मदवारी फिर्ता लिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उनले उपमहासचिव पदका लागि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिएका थिए ।

खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै छ । एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ ।



तपाईको प्रतिक्रिया