Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिएमाले महाधिवेशन : मतदानको समय ३ घण्टा थपियो

एमाले महाधिवेशन : मतदानको समय ३ घण्टा थपियो


काठमाडौँ । एमालेको काठमाडौँमा जारी ११ औं महाधिवेशनमा मतदानको समय ३ घण्टा थपिएको छ । निर्वाचन आयोगको बैठक बसेर मतदान केन्द्रभित्र प्रवेश गर्ने समय ३ घण्टा थप गरिएको हो ।
यसअघि मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने समय ५ बजेसम्म तोकिएको थियो । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान हलभित्र प्रवेशको समय ८ बजे कायम गरिएको बताए । उनले कुपन लिएर मतदानको अधिकार सुरक्षित गर्न आग्रह समेत गरेका छन् ।

बुधबार बिहान झन्डै १० बजेदेखि मतदान सुरु गरिएको थियो । एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार प्रतिनिधिले मतदान गर्न औसतमा ३० मिनेट लिएको बताउँदै कतिपयले २ घन्टासम्म पनि लगाएको बताए । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् । महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन् । एमालेले राति १० बजेसम्म मतदान सक्ने बताए पनि यही रफ्तारमा मतदान जारी रहे तोकिएको समयमै सकिनेमा शंका छ ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन् । पदाधिकारीतर्फ अध्यक्ष ९१० पदमा २, उपाध्यक्ष ९५० पदमा ११, महासचिव ९१० पदमा २, उपमहासचिव ९३० पदमा ७ र सचिव ९९० पदमा २० जनाले उम्मेदवारी दिएका छन् ।



तपाईको प्रतिक्रिया