Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिएमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा

एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा


काठमाडौँ । भृकुटीमण्डपमा भैरहेको मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओली दोब्बर मतले अगाडि हुनुहुन्छ भने महासचिवमा कडा प्रतिष्पर्धा देखिएको छ । ओलीको १ सय ५६ मत आउँदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले १ सय १५ ल्याउँदा सुरेन्द्र पाण्डेले १ सय ८ मत प्राप्त गरेका छन् । केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीतर्फ एउटा अध्यक्ष पदमा २ जना, ५ वटा उपाध्यक्ष पदमा ११ जना, एउटा महासचिव पदमा २ जना, तीन वटा उपमहासचिव पदमा ७ र नौ वटा सचिव पदमा २० जनाले उम्मेदवारी परेको छ ।



तपाईको प्रतिक्रिया