Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिमहाराजगञ्जमा ओली-देउवाको भेट

महाराजगञ्जमा ओली-देउवाको भेट


काठमाडौं । निर्वतमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

उनीहरु बिच केही बेर अघि महाराजगञ्जमा भेट भएको हो । देउवालाई भेट्न ओली तथा नवनिर्वाचित एमाले महासचिव शंकर पोखरेल देउवा निवास महाराजगन्ज पुगेका छन्। भेटमा राजनीतिक अवस्था, महाधिवेशनपछि आएको एमाले, निर्वाचनका विषयमा छलफल हुनेछ ।

दुवै दल सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै माहौल बने निर्वाचनमा जाने बताउँदै आएका छन् । यद्यपी दुवै दलले विघठित प्रतिनिधि सभा पुनस्थापना गरी बन्ने सरकारले निर्वाचन गराउनुपर्ने दावी गर्दै आएका छन् ।

दुवै दलले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेका छन् ।

गत भदौमा भएको जेनजी आन्दोलनपछि ओली र देउवाबीच यो दोस्रो पटक भेटघाट भएको हो । गत भदौमा भएको जेनजी आन्दोलनले कांग्रेस र एमालेको सरकार अपदस्थ गरिदिएको थियो ।

 

 

 



तपाईको प्रतिक्रिया