Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिबालेन र रविबीच दुई दिनमा दोस्रो पटक भेटवार्ता, के के भयो कुराकानी ?

बालेन र रविबीच दुई दिनमा दोस्रो पटक भेटवार्ता, के के भयो कुराकानी ?


काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच सोमबार साँझ भेटवार्ता भएको छ ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै बाहिर आएर राजनीति सक्रियतालाई तीव्रता दिएका छन ।

गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका हुन् ।

लामिछाने र बालेनबीच लगातार दुई दिन दुईपटक भेट भएको छ । रास्वपा स्रोतका अनुसार उनीहरुबीच आइतबार पनि भेट भएको थियो । सोमबारको भेट भने कमलपोखरीस्थित निवर्तमान सांसद एवम् रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा भएको हो।

छलफलमा बालेनका तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी थिए । रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम साह सहभागी थिए ।

छलफल सहकार्यमा केन्द्रित भएको बताइएको छ । भेटमा अबको निर्वाचनमा रास्वपाको तर्फबाट बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव भएको पनि बताइएको छ । जुन भेटले यतिवेला निकै चर्चापनि पाएको छ ।

यो चर्चायोग्य रवि र बालेनको भेटपछि शाहले सामाजिक सञ्जालमा कथाको सुखद् सुरुवात भएको बताएका छन्। उनले रवि र बालेनको भेटलाई दुई दाजु भाइको मिलनको संज्ञासमेत दिएका छन्। उनले यो व्यक्तिले नभएर देशले खोजेको आशाको मिलन भएको दाबी गर्दै सबै नेपालीलाई बधाईसमेत दिएका छन्।

कुराकानी के भयो र छलफल के मा केन्द्रित थियो भन्ने नखोलेका नेता साह भन्छन्, ‘अन्ततः कथाको सुखद् सुरुवात भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’

शाहको निवासमा बालेन र रविले पाँच घण्टा बिताएका छन्। सोमबार राति ८ बजेदेखि शाह निवासमा भेट भएका बालेन र रवि राति १ बजेमात्र त्यहाँबाट बाहिरिएका थिए।

रवि र बालेनसँगको छलफलमा रास्वपाका उपसभापति डिपी अर्यालसमेत सहभागी थिए भने बालेन समूहबाट कुमार बेनसँगै थिए। यत्ति लामो छलफल भए पनि कुनै समूहले भेटवार्ताबारे औपचारिक विषय सार्वजनिक गरेका छैनन्।

लामो भेटवार्तावार्तापछि सभापति लामिछाने र मेयर बालेन एउटै गाडीबाट बाहिरिएको दृश्य भने सामाजिक सञ्जालमा चर्चामा छ।

बालेन र रविको भेट भएको घरधनी रास्वपा नेता असिम विघटित प्रतिनिधिसभाका समानुपालिक सांसद हुन्। मुस्लिम समुदायबाट शाह सांसद बनेका व्यक्ति हुन्। उनी पूर्व फिल्म निर्देशकसमेत हुन्।

 

 



तपाईको प्रतिक्रिया